विरेन्द्रनगर नगरपालिकामा एमाले विजयी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

सत्ता गठबन्धनलाई पराजित गर्दै मोहनमाया ढकाल मेयर र नीलकण्ठ खनाल उपमेयरमा निर्वाचित भएका छन् ।

एमालेको प्रभावक्षेत्र रहेको विरेन्द्रनगरमा अघिल्लोपटक मेयरमा कांग्रेस जित्दा उपमेयर मोहनमाया जितेकी थिइन् । यसपटक एमालेले उनैलाई मेयरका लागि अघि बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *