अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले खेलभर प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकालेको हो।
अर्जेन्टिनाले पहिलो हाफमै अग्रता बनाएको थियो। दोस्रो हाफमा थप दुई गोल गर्दै उसले खेल आफ्नो पक्षमा पार्यो। स्विट्जरल्यान्डले एक गोल फर्काए पनि खेलमा पुनरागमन गर्न सकेन।
यससँगै अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा एक कदम अघि बढेको छ। अब फाइनल प्रवेशका लागि उसले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।




