भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्तारुढ पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ रेणु दाहाल विजयी भएकी छन् । अब गन्न बाँकी मतभन्दा बढीको मतान्तरसहित उनको अग्रता भएसँगै विजय निश्चित भएको हो । हालसम्म मेयरमा रेनुले ४६ हजार ९३५ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ३५ हजार ५४६ र गठबन्धनका बागी जगन्नाथ पौडेलले १४ हजार…



