धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् । मत गणनाको सुरुवातदेखि अग्रता लिएका हमालले मतान्तर बढाएर पाँच हजार ६५९ मतले अग्रता लिइरहेका छन् ।
२३ हजार २२३ मतको गणना सकिंदा हमालले १० हजार ८२५ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । उनलाई गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पाँच हजार १६६ मतका साथ पछ्याइरहेका छन् ।
नेकपा एमालेका रणबहादुर चन्दले दुई हजार ४६२ मत पाएका छन् ।
Artha Sanjal






