‘स्वतन्त्र’को जितले उब्जाएको प्रश्न : मुलुकमा वैकल्पिक राजनीतिको आवश्यक्ता खड्किएको हो ?
स्थानीय तह निर्वाचनको परिणामले जबर्जस्त ‘वैकल्पिक राजनीति’को बहस छेडिएको छ । दलले छानेका उम्मेदवारहरूलाई केही महानगरपालिकामा मात्र होइन, उपमहानगरपालिकादेखि वडा तहसम्मै स्वतन्त्र उम्मेदवारले पराजित गरेपछि वैकल्पिक राजनीतिको बहस फेरि चर्चामा आएको हो । देशको सङ्घीय राजधानी काठमाडौँमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक छन् । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जितेका छन् भने धरान…



