शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ४४ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ को विन्दुमा बन्द भएको छ ।

आज ३५३ कम्पनीको शेयर निबेच हुँदा ४ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३० करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबिबिएल डिबेञ्चरको २८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३.८७ प्रतिशतका दरले गुमाएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *