मेस्सीको विश्व कीर्तिमान: बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले विश्वकपमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड बनाएका छन् ।

उनी जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजको रेकर्ड तोड्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । अघिल्लो खेलमा अल्जेरियासँग ह्याट्रिक गर्दै उनले १६ गोलको क्लोजको रेकर्डसँग बराबरी गरेका थिए ।

अष्ट्रियासँगको खेलमा ३८ औँ मिनेटमा गोल गर्दै उनले सबैभन्दा बढी गोल गर्ने कीर्तिमान बनाएका हुन् । विश्वकपमा हालसम्म मेस्सीले १७ गोल गरेका छन्

मेस्सीले चौथो मिनेटमा अष्ट्रियाले फाउल गर्दा पेनाल्टीको मौका पाएका थिए । उनको पेनाल्टी प्रहार पोस्टबाट बाहिर गएको थियो । ३८ औँ मिनेटमा उनी गोल गर्दै रेकर्ड बनाउन सफल भए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *