प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

काठमाडौँ । गत वैशाखमा संसद् रोकेर सरकारले ल्याएका चार अध्यादेश प्रतिनिधिसभाले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।

अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्तावहरू अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीहरूले उठेका प्रश्नहरूको जवाफ दिएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरेका थिए।

यसअघि गत वैशाखमा संसद् अधिवेशन रोकिएको अवस्थामा सरकारले यी अध्यादेशहरू जारी गरेको थियो। वैशाख २८ गते संसद् अधिवेशन सुरु भएपछि पहिलो दिनमै ती अध्यादेशहरू प्रतिनिधिसभामा पेस गरिएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *