शेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ५३ करोडकाे कारोबार

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ को विन्दुमा बन्द भएको छ ।

आज ३५३ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई डिबेञ्चर २०८६ /८७ को ३३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई डिबेञ्चर २०८४/ ८५ को ३२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्युटिकल्सको २० करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले १४.०२ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ९.०८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुङगल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२.४५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *