काठमाडौं। सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन तथा सूचना प्रकाशन–प्रसारण गर्ने निर्णयको विरोध गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ।
महासंघले उक्त निर्णयलाई विभेदकारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै खारेज गर्न माग गरेको हो।
प्रदर्शनमा विभिन्न पेशागत संगठन तथा सरोकारवालाको समेत सहभागिता रहेको थियो।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान, नागरिकको सूचनाको हकको सुनिश्चितता तथा निजी सञ्चारमाध्यममाथि गरिएको विभेद अन्त्य गर्न सरकारसँग माग गरेको छ।
Artha Sanjal






