महानगरमा बहाल करका दर हेरफेर, साविकको १० बाट ७ प्रतिशतमा झारियो

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि आवासीय प्रयोजनका घरबहालमा लाग्ने करको दर घटाउने भएको छ।

बिहीबार प्रस्तुत बजेटअनुसार वार्षिक २ लाख ४० हजार रुपैयाँभन्दा कम बहाल आम्दानीमा ५ प्रतिशत र सोभन्दा बढी आम्दानीमा बहाल कर १० प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गरिनेछ।

महानगरले असोज मसान्तभित्र कर बुझाउने नयाँ करदातालाई १० प्रतिशत छुट तथा बक्यौता कर चुक्ता गर्ने करदाताको जरिवाना मिनाहा गर्ने व्यवस्था पनि गरेको छ।

बजेटमार्फत आगामी वर्षदेखि घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा उपलब्ध गराउने घोषणा गरिएको छ। युवामुखी स्वरोजगार कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ।

महानगरले आफ्नै अस्पताल निर्माण प्रक्रिया पनि सुरु गर्ने भएको छ। बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्षका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ।

ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रम, निःशुल्क एम्बुलेन्स सेवा, एकीकृत स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना तथा पोषण भत्ता कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ।

यस्तै, कक्षा ११ र १२ को छात्रवृत्तिका बाँकी १ हजार ५७६ सिटका लागि अन्तिम मनोनयन (र्‍यापअप) आवेदन पुनः खुला गरिएको महानगरले जनाएको छ।

पआवेदन असार ८ गते साँझ ५ बजेसम्म अनलाइनमार्फत दिन सकिनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *