ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९,  संकेत बत्ती उल्लंघनकर्ता १०६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३८ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८१, निषेधित क्षेत्रमा हर्न बजाउने १४१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६०९ जनालाई कारबाही गरिएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *