काठमाडौंको शंखरापुरका दुई वडामा राप्रपा विजयी, मेयरमा समेत अगाडि

काठमाडौं । शंखरापुर नगरपालिकाका दुई वटा वडा राप्रपाले जितेको छ । मेयरमा पनि राप्रपाका रमेश नापित अगाडि छन् ।

शंखरापुरका १० मध्ये ८ वटा वडाको मतगणना सकिएको छ । जसमध्ये ४ वटा वडामा कांग्रेस, २ वटामा राप्रपा र एउटामा माओवादी केन्द्रले विजय हासिल गरेका छन् ।

अब वडा नं. ५ र ६ को गणना हुन बाँकी छ । मेयरमा प्रतिश्पर्धामा रहेको एमालेले अहिलेसम्म कुनै पनि वडामा जित हासिल गर्न सकेको छैन ।

यहाँ एकीकृत समाजवादी र कांग्रेसले गठबन्धन गरेका छन् । मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेसका उम्मेदवार छन् ।

मेयरमा राप्रपाका रमेश नापित ३७०३ मतसहित अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका एकीकृतका समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ३४८५ मत पाएका छन्। एमालेको कृष्णलाल बजगाईंले ३१०६ मत पाएका छन् भने माओवादी केन्द्रका मधु केसीले २०८५ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसकी समिता श्रेष्ठले ५५३४ मत पाउँदा राप्रपाकी विजयकुमारी वाइबाले २५४२ र एमालेकी लक्ष्मी केसीले २३४० मत पाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *