काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मुख्य उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँ एकजुट भएका छन् ।
उनीहरूले आज एक कार्यक्रमबीच एकताको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वमा रहेको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा समेत गरेका छन् ।
कार्यक्रममा उनीहरूले राजसंस्था पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाउँदै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने संकेत गरेका छन् । मलमास सकिएलगत्तै नयाँ पार्टी घोषणा गर्ने तयारी रहेको बताइएको छ ।
राणाले कार्यक्रममा बोल्दै पार्टीको नाम र झण्डा विज्ञहरूसँग छलफल गरेर टुंगो लगाइने र मलमासपछि नयाँ पार्टी औपचारिक रूपमा घोषणा गरिने जानकारी दिएका छन् ।


Artha Sanjal







