काठमाडौंमा बालेनको मत १० हजारभन्दा बढी

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म २४ हजार २०० मतगणना भइसकेको छ ।

ताजा मत परिणामानुसार स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले १० हजार ४६ मतसहित अग्रता कायमै गरेका छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले बालेनको भन्दा आधा कम मत प्राप्त गरेका छन् । उनले पाँच हजार ३१४ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले चार हजार ६४१ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *