एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौँ। एसिया कप क्रिकेट पुरुष छनोटमा नेपालले बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल सिंगापुरमा अहिले केहीबेरमा सुरु हुनेछ। मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ।

समूह एमा रहेको नेपाल र मलेसियाको समान २ अंक छ। यद्यपि रनरेटनमा अघि रहँदै नेपाल शीर्ष स्थानमा छ। आजको खेलको विजेताले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। यहीँ समूहमा रहेको चीनले आफ्ना दुवै खेल हारेको थियो।

कतारले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएपछि समूह एमा तीन टोलीबीच मात्र प्रतिस्पर्धा भएको हो। समूह बीबाट भने हङकङ र ओमानले एक एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेका छन्। यो समूहबाट बहराइन र आयोजक सिंगापुर बाहिरिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *