वीरगन्ज महानगरपालिकाको उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले महानगरमा उपमेयर पदका लागि पुन निर्वाचन गराउन निर्वाचन आयोगसंग माग गरेकी छन् ।
मतदाता शिक्षाको अभावमा उपमेयर पदको आधाभन्दाबढी मत बदर भइरहेकाले उपमेयर पदको पुन मतदान गराउन उनले माग गरेकी हुन् । वीरगन्ज महानगरको जारी मतगणनाका क्रममा मेयरमा २५ प्रतिशत र उपमेयर पदमा ५० प्रतिशत भन्दाबढी मत बदर भइरहेको भेटिरहेको छ ।
सोमबार अपरान्ह मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेललाइ निवेदन बुझाउदैं मिश्राले महानगरमा गत शुक्रबार भएको उपमेयरको मतदान रद्धगरी पुन मतदान गराउन आयोगसंग माग गरेकी हुन् । जारी मतगणनामा उपमेयर पदमा आधा भन्दाबढी मत बदर भइरहेको भन्दै मिश्रले यसले नागरिकको वास्तविक जनमत नआउने बताएकि छन् ।
निर्वाचन आयोगले उनलाइ गुलाफको फूल चुनाव चिन्ह प्रदान गरेको थियो ।







