काठमाडौं। नेपाल बिमा प्राधिकरण अध्यक्षमा रिक्त पदपूर्तिका लागि हालसम्म करिब दुई दर्जनले आवेदन दिएका छन्। अर्थ मन्त्रालयअनुसार आज आवेदन दिने अन्तिम दिन हो।
बिमा प्राधिकरण अध्यक्षमा बिमा क्षेत्रमा कार्यरत उच्च तहका अधिकारी, बिमा विषयमा अध्यापन गराउँदै आएका विज्ञ, पूर्वप्रशासक, नियामक निकायका पूर्वउच्च अधिकारीले आवेदन दिए पनि हालसम्म नाम भने सार्वजनिक गरिएको छैन।
राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. गुणाकर भट्ट संयोजक, अर्थसचिव घनश्याम उपाध्याय र प्रा.डा. फत्तबहादुर केसी विज्ञ सदस्य रहेको बिमा प्राधिकरण अध्यक्ष छनाेट समिति गठन गरिएको छ।
सोही समितिले प्राप्त आवेदन सर्टलिस्ट गरी पाँच जनासँग कार्यक्षमता परीक्षण तथा प्रस्तुति लिएर उत्कृष्ट तीन जनालाई सरकारसमक्ष सिफरिस गर्नेछ। सरकारले तीन जनामध्येबाट एक जनालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्नेछ।






