नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।
Artha Sanjal






