सरकारले खारेज गर्यो डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकाका नेपाली दूतावास

काठमाडौं । सरकारले विभिन्न तीन मुलुकमा रहेका नेपाली दूतावास खारेज गर्ने निर्णय गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिका मा रहेका नेपाली दूतावास बन्द गर्ने घोषणा गरेका हुन्।

सरकारले बदलिँदो आर्थिक कूटनीति, खर्च व्यवस्थापन र कूटनीतिक संरचनाको पुनर्संरचनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ।

बजेट वक्तव्यमा विदेशस्थित कूटनीतिक नियोगहरूको प्रभावकारिता मूल्यांकन गर्दै आवश्यकताअनुसार पुनर्संरचना गरिने नीति पनि उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *