पीपीपी मोडेलमा बन्द सात उद्योग पुनः सञ्चालन गर्ने निर्णय

काठमाडौं । सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका सात वटा उद्योग पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै ती उद्योगलाई सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमार्फत सञ्चालनमा ल्याइने बताएका हुन्।

बन्द रहेका उद्योगलाई पुनः सञ्चालनमा ल्याएर उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र औद्योगिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्य सरकारको रहेको बजेट वक्तव्यमा उल्लेख छ।

सरकारले बन्द उद्योगलाई पुनर्जीवित गर्न निजी क्षेत्रको सहभागिता आवश्यक रहेको भन्दै पीपीपी मोडललाई प्राथमिकता दिने नीति अघि सारेको छ।

यस कदमलाई आर्थिक गतिविधि विस्तार र औद्योगिक पुनरुत्थानतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *