छुटाउनु त भएन ? साल्ट ट्रेडिङको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ १२ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि जेठ १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले जेठ २९ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ५९औँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गर्ने प्रस्ताव पेश गरिनेछ ।

साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने र आवश्यक परे ऋण सुविधा लिने प्रस्तावमाथि पनि छलफल हुने कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *