जीवन बीमा कम्पनीहरुको कोष ९ खर्ब ४ अर्ब नाघ्यो, पुराना कम्पनीको प्रभुत्व कायमै(सूचीसहित)

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा चालु आर्थिक वर्ष २०८२/८३ सम्ममा जीवन बीमा कोष उल्लेखनीय रूपमा विस्तार भएको छ।

यस अवधिमा जीवन बीमा कम्पनीहरूको कुल बीमा कोष ९ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ७ खर्ब ६८ अर्ब रुपैयाँको तुलनामा करिब १७ प्रतिशतले बढी हो।

बीमा कोषमा आएको यो वृद्धि जीवन बीमा व्यवसायप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको देखाउँछ।

पछिल्ला वर्षहरूमा दीर्घकालीन बचत, कर छुट, वित्तीय सुरक्षा तथा लगानीमुखी बीमा योजनाप्रति बढ्दो आकर्षणका कारण जीवन बीमा कम्पनीहरूको कोष विस्तारमा सहयोग पुगेको देखिन्छ।

जीवन बीमा कोषको आकारका हेर्दा पुरानै स्थापित कम्पनीहरूको प्रभुत्व अझै कायम छ।

समिक्षा अवधिमा नेपाल लाइफको बीमा कोष सबैभन्दा ठूलो छ। यस कम्पनीको बीमा कोष २ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ, जुन समग्र जीवन बीमा उद्योगकै सबैभन्दा ठूलो हिस्सा हो।

यद्यपि, वृद्धिदरका आधारमा भने नयाँ तथा आक्रामक बजार विस्तार रणनीति अपनाइरहेका कम्पनीहरू अगाडि देखिएका छन्।

यस अवधिमा सिटिजन लाइफको कोष ३६ प्रतिशत , प्रभु महालक्ष्मी लाइफको ३२, सानिमा रिलायन्स लाईफको ३०  प्रतिशतले वृद्धि भएको छ।

यसले नयाँ कम्पनीहरूले बजारमा तीव्र प्रतिस्पर्धात्मक उपस्थिति बनाइरहेको  देखाउँछ।

विशेषगरी डिजिटल पहुँच विस्तार, आक्रामक एजेन्ट नेटवर्क, ग्रामीण क्षेत्रमा शाखा विस्तार तथा युवा लक्षित बीमा योजनाले नयाँ कम्पनीहरूको वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन्।

यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा कमजोर देखिएको छ। कम्पनीको बीमा कोष ६७ अर्ब रुपैयाँमा सीमित रहेको छ।

बजार प्रतिस्पर्धा, नयाँ उत्पादन विकासमा सुस्तता तथा व्यवस्थापनगत चुनौतीका कारण कम्पनी अपेक्षाकृत पछाडि परेको छ।

बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाले आगामी दिनमा कम्पनीहरूलाई सेवा गुणस्तर, दाबी भुक्तानी क्षमता र लगानी व्यवस्थापनमा अझ प्रभावकारी बन्न दबाब बढ्ने देखिएको छ।

Life Insurance Fund of 3Q (Fiscal Year 2082/083)  ‘Rs in ‘000’
S.N Companies Upto 2082 Chaitra Upto 2081 Chaitra Difference
1 Nepal Life 265,361,035 225,674,978 17.59
2 LIC Nepal 143,367,652 129,809,369 10.44
3 National Life 100,513,704 81,326,064 23.59
4 Himalayan Life 86,099,257 73,771,955 16.71
5 Rastriya Jeewan Beema 67,669,298 62,192,790 8.81
6 Asian Life 51,452,190 45,636,738 12.74
7 SuryaJyoti Life 48,436,095 39,454,531 22.76
8 Met Life 32,069,385 28,395,675 12.94
9 Citizen Life 24,558,262 18,021,910 36.27
10 Sanima Reliance Life 23,294,855 17,814,879 30.76
11 Prabhu Mahalaxmi Life 16,907,509 12,801,878 32.07
12 IME Life 16,831,082 11,843,491 42.11
13 Reliable Nepal Life 16,349,744 12,444,339 31.38
14 Sun Nepal Life 11,902,579 9,518,657 25.04
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *