काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने बताएका छन् । तर, कहिले उपस्थित हुने भन्नेबारे उनले जानकारी दिएनन् ।
बुधबार संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रधानमन्त्रीको अनुपस्थितिबारे प्रश्न गर्दा लामिछानेले भने, “प्रधानमन्त्री आउनुहुन्छ, नआउने भन्ने कुरै छैन । आएपछि तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ ।”
प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिले आफूलाई दबाब परेको हो भन्ने प्रश्नमा उनले अस्वीकार गर्दै भने, “मलाई कुनै कुराको दबाब छैन । म दबाब लिने मान्छे नै होइन । प्रक्रिया र अभ्यास हुँदै जाने कुरा हो । सरकारले आफ्नो काम गरिरहेको छ ।”
उनले प्रतिपक्षतर्फ संकेत गर्दै मिडियाले सत्तापक्षभन्दा प्रतिपक्षलाई बढी समय दिनुपर्ने टिप्पणी पनि गरे ।
Artha Sanjal






