पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नै गृहनगरमा पछि परेका छन् ।
गोरखाको पालुङटार नगरपालिकामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रबाट मेयरका उम्मेदवार विवश चिन्तनले १५२२ मत प्राप्त गरेका छन् भने जसपाका उम्मेदवार प्रेमबहादुर गुरुङले १३४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिपकबाबु कँडेलले १२४१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले २४२ मत प्राप्त गरेका छन् ।




