स्वतन्त्र उम्मेदवार २७ वर्षीय वली वडाध्यक्षमा विजयी

दाङमा २७ वर्षीय युवाले वडाध्यक्षमा विजयी हाँसिल गरेका छन् । शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवारी दिएका  सुनिल वलीले विजयी हाँसिल गरेका हुन् ।

उनले ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ५ सय ९७ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर ३२ रहेको छ । त्यस्तै कांग्रेसका उम्मेदवार टोपेन्द्र कुमारी खड्काले ३ सय ५१, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३ सय ३४ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *