काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले इच्छुक सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको हो।
उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य जम्मा १३५ रुपैयाँ मात्रै तोकिएको छ। शेयर खरिदका लागि आवेदन दिंदा इच्छुकले न्यूनतम २५ हजार कित्ता र अधिकतममा १० को गुणांकमा वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन् बैंकले जनाएको छ।
यसका लागि आज जेठ ७ गतेदेखि जेठ १४ गतेभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ।
Artha Sanjal






