प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी दर्ता, भोलि खोलिने

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश डा‍. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ। उजुरी भोलिदेखि खोल्ने तयारी भएको छ।

गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो।

समितिको बैठक मंगलबार बिहान ९ः४५ मा बोलाइएको छ। बैठकमा उजुरी खोल्ने र समिति कार्य योजना वितरण गरिने छ।

वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो। यसका लागि न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *