काठमाडौं। सहकारी बैंक लिमिटेडको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच गठबन्धन भएको छ।
सहकारी बैंकको निर्वाचन जेठ ९ गते हुँदै छ। निर्वाचनअन्तर्गत बागमती प्रदेशमा परितोष पौडेल तीन वटा पार्टीका साझा उम्मेदवार बनेका हुन्।
पौडेललाई निर्वाचित गर्न एमालेले प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ। बागमतीबाहेक अन्य प्रदेशमा निर्विरोध निर्वाचन भइसकेको छ।

Artha Sanjal






