रिलायबल नेपाल लाइफको बीमा कोष ३१.३८% ले बढ्यो, नाफा ४७ करोडमाथि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले अधिकांश सूचकहरुमा उल्लेख प्रगति गरेको छ।

सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ४७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनीले ४६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो। जसअनुसार कम्पनीको यो नाफा ०.९९ प्रतिशतले बढेको हो।

समीक्षा अवधिसम्म कम्पनीको शेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २७ करोड ६८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६८ करोड ३० लाख रुपैयाँ र अन्य इक्विटी ४ करोड ७६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियम १ अर्ब ३९ करोड १६ लाख, महाविपत्ति कोष २२ करोड ९७ लाख, रिटेन्ड अर्निङ ८८ करोड ८९ लाख तथा अन्य इक्विटी ४ करोड ४ लाख रुपैयाँ थियो।

चालु वर्षको चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोष १६ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो कोष १२ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ रहेको थियो। यसअनुसार जीवन बीमा कोषको आकार ३१.३८ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ६० करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ६९ करोड १२ लाख रुपैयाँ थियो। यस आधारमा कुल बीमाशुल्क २४.८८ प्रतिशतले बढेको छ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आम्दानी ४ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब ४७ करोड ९४ लाख रुपैयाँको तुलनामा २५.१५ प्रतिशतले बढी हो।

हाल कम्पनीको शेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १२.०७ रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो वर्ष यस्तो आम्दानी १३.३८ रुपैयाँ थियो।

कम्पनीको पीई रेसियो ३८.६१ गुणा र प्रतिशेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *