सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त

काठमाडौं । राष्ट्रियसभाका सांसद झकुप्रशाद सुबेदीले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज बसेको राष्ट्रिय सभा (एक्काइसौँ अधिवेशन) बैठकमा बाल्दै उनले राष्ट्रले ठूलो लगानी गरेका आयोजना र राष्ट्रिय गौरवका योजनाबारे दस्तावेज मौन रहेको टिप्पणी गरे ।

उनले भने, ‘राजस्व उठाउने रोडिगल कुरा नीति तथा कार्यक्रममा केही पनि छैन । नीति तथा कार्यक्रम लागु गर्नको लागी आयोजनाको बारोमा यो दस्तावोज मौन छ ।’

उनका अनुसार निजगढ विमानस्थललाई देशको “गेम चेन्जर” योजनाका रूपमा अघि सारिएको भए पनि नीति तथा कार्यक्रममा त्यसबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छैन ।

‘गैर बको आयोजनामा राष्ट्रले ठुलो लगानी गरेको छ । निजगढको यर्पोटको बारोमा केही उल्लेख गरेको छैन । मध्य पहाडी लोक मार्गको पनि केही उल्लेख गरेको छैन । निजगढको यर्पोटको धेरै नै महत्त्व रहेको छ । राष्ट्रको गेमर चेन्जरको योजनाको रूपमा ल्याइएको थियो,’ उनले भने ।

राजस्व संकलन, आयोजना कार्यान्वयन र शिक्षा क्षेत्रबारे नीति तथा कार्यक्रममा स्पष्टता नभएको बताएका हुन् ।
उनले भने, ‘शिक्षा क्षेत्रलाई कुन दिशामा लैजाने प्रस्ट छैन । कतिपय विषय अन्तर विरोधी छन् । माध्यमिक तहको शिक्षालाई निःशुल्क गर्ने भन्ने छ । तर सामुदायिक, सार्वजनिक शिक्षण सस्थाहरु क्षमता अभिवृद्धि, दक्षे जनशक्तिको आपूर्तिमा सरकारको नीति तथा कार्यक्रम मौन छ । शिक्षामा राज्यले लगानी बढाउनेमा ध्यान छैन ।’

शिक्षा क्षेत्रतर्फ पनि उनले सरकारको नीति विरोधाभासी रहेको आरोप लगाए । माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने घोषणा गरिए पनि सामुदायिक तथा सार्वजनिक शिक्षण संस्थाको क्षमता अभिवृद्धि, दक्ष जनशक्ति उत्पादन र राज्यको लगानी वृद्धिबारे ठोस योजना नदेखिएको उनको भनाइ थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *