काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मंगलबारदेखि सुरु भएको निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेका छन्।
पछिल्लो मत परिणामअनुसार जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा ८७ र दिलसुन्दर श्रेष्ठ ८० विजयी भएका छन्।
यस्तै, महिला सदस्यमा गीता अमात्य ८१ र हीरा भट्टराई ६३ मत ल्याएर विजयी भए।
वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ ६३ र शिवप्रसाद घिमिरे ६० मत ल्याएर विजयी भएका छन्। अहिले एसोसियटतर्फको मतगणना जारी छ।
Artha Sanjal






