काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला चार हजार ९१५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ खरिदबिक्री भएको थियो।
Artha Sanjal






