झडप भैरहेको रुकुम पश्चिममा खटाइयो एसपी डम्बर विक

चुनावको विषयलाई लिएर कांग्रेस र माओवादी कार्यकर्ताबीच पश्चिम रुकुममा दिनहुँ झडप भैरहेको छ । प्रहरी प्रधान कार्यालयले एसपी डम्बर बहादुर विकलाई त्यहाँ पठाएको छ ।

साथै निर्वाचन अनुगमन गर्न सरकारले झक्कप्रसाद आचार्यको टोली पनि पश्चिम रुकुममा पठाएको छ । आचार्य कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हुन् । कांग्रेस र माओवादी कार्यकर्ताबीच चुनाव प्रचारको क्रममा कुटाकुट हुँदै आएको छ । गएराति मात्रै कांग्रेस कार्यकर्ताहरुको कुटाइबाट माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार तुलसीराम बुढासहितका कार्यकर्ताहरु घाइते भएका छन् ।

रुकुम पश्चिममा ७६ मतदान स्थलमा १३९ मतदान केन्द्र छन् । प्रजिअ घिमिरेका अनुसार १२ मतदान स्थल सामान्य, १९ अतिसंवेदनशील र ४५ संवेदनशील भनेर वर्गीकरण गरिएको छ । १३९ वटै मतदान स्थलमा मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली पुगेर सम्पूर्ण तयारी पूरा गरेको घिमिरेले जानकारी दिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *