इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको म्यानचेस्टर सिटीले ३ अंकको अग्रता लिएको छ । बुधबार राति भएको खेलमा वुल्भर ह्याम्पटन (वुल्भ्स)लाई ५–१ गोलले पराजित गरेको हो ।
यो नतिजापछि सिटी ३६ खेलबाट ८९ अंक बनाउँदै समान खेलबाट ८६ अंक बनाएको लिभरपुल दोस्रो स्थानमा छ । अब लिगका २ खेल बाँकी रहेकाले उपाधि होड भने रोमाञ्चक बनेको छ ।
सिटीलाई जिताउँदा टिमले गरेका ५ गोल मध्य ४ गोल केभिड डी ब्रुइनले गर्दा रहिम स्र्टलिङको नाममा १ गोल रह्यो । वुल्भ्सका लागि लेन्डर डेनडोकरले १ गोल फर्काएका थिए ।
पाहुना टोली सिटीका लागि ब्रुइनले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ११ औं मिनेटमा लेन्डरले गोल फर्काउँदै वुल्भ्सलाई बराबरीमा ल्याएका थिए । त्यसपछि १६ र २४ औं मिनेटमा लगातार गोल गर्दै बु्रइनले पहिलो हाफमै ह्याट्रिक पुरा गर्दा सिटीले ३–१ गोलको अग्रता लिएको थियो ।
६० औं मिनेटमा ब्रुइनले व्यक्तिगत चौथो गोल गर्दा ८५







