सिटिजन लाइफ इन्स्योरेन्सले पायो ‘ISO 9001:2015’ को प्रमाणिकरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता प्रमाणित गर्दै ISO 9001:2015 अन्तर्राष्ट्रिय प्रमाणिकरण प्राप्त गरेको छ।यो प्रमाणिकरण United Registrar of Systems (URS) तथा UKAS Management Systems मार्फत प्रदान गरिएको हो। यस उपलब्धिले कम्पनीको कार्यप्रणालीमा पारदर्शिता, दक्षता र निरन्तर सुधारलाई संस्थागत गर्दै ग्राहकलाई अझ छिटो, छरितो र भरपर्दो सेवा दिने प्रतिबद्धता सुदृढ बनाएको छ।

यस प्रमाणिकरणले कम्पनीको कार्यप्रणालीमा पारदर्शिता, दक्षता तथा निरन्तर सुधारको संस्कृतिलाई संस्थागत बनाउँदै ग्राहकहरूलाई अझ भरपर्दो, छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई सुदृढ बनाएको छ। विशेषगरी बीमा दाबी भुक्तानी, ग्राहक सेवा प्रवाह तथा आन्तरिक व्यवस्थापन प्रणालीमा उच्च स्तरको अनुशासन र एकरूपता कायम गर्न यो उपलब्धिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

यस उपलब्धिले कम्पनीको सेवा गुणस्तर र स्थिरतालाई थप सुदृढ बनाउनुका साथै ग्राहक सन्तुष्टि र विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै, आन्तरिक प्रक्रिया अझ प्रभावकारी, व्यवस्थित र जवाफदेही बन्ने अपेक्षा गरिएको छ। यसका अतिरिक्त, नियामक निकायहरूको मापदण्डसँग थप सुसंगतता कायम गर्दै संस्थागत सुशासनलाई मजबुत बनाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कम्पनीको पहिचान र विश्वसनीयता अझ उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *