पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ।

अनुशासन समितिको आज दिउँसो ३ बजे बस्ने बैठकले खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने भएको हो। कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङले खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने बताए।

खड्कालाई वैशाख २ गते बसेको अनुशासन समिति बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्य सकिएको निष्कर्षमा कांग्रेस नेतृत्व पुगेको छ । आइतबार साँझ सभापति थापाले खड्कालाई उनकै निवास गोल्फुटारमा पुगेर भेटेका थिए ।

खड्काले भने आफूलाई स्पष्टीकरण सोध्ने अनुशासन समितिको निर्णय हास्यास्पद र अर्थहीन रहेको बताउँदै आएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *