कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर?

काठमाडौं । कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान यो कम्पनीको आइपीओ बाँडफाँड गरिएको हो।

शिखर पावरले गत चैत २२ गतेदेखि चैत २५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ८४ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार यो आइपीओमा २७ लाख ८४ हजार ५१९ आवेदन परेको थियो। त्यसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदकबाट माग भएको कुल २ करोड ९१ लाख ८२ हजार ६४० कित्ता शेयर सदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ६८ हजार ४७५ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यस हिसाबले कुल सदर आवेदनमध्ये २५ लाख ६७ हजार १५९ आवेदकको हात खाली भएको छ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *