काठमाडौं । पुशपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा निमित्त सदस्य सचिव श्रीधर सापकोटाले अब एक वर्षभित्र कोषलाई आइटी वेस संस्था बनाउने घोषणा गरेका छन् ।
सोमबार विकास कोषको ४० औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोषको प्रशासन व्यवस्थालाई चुस्त दुरुस्त बनाउनको लागि पनि आइटीमा जानुको अर्को विकल्प नभएको बताए ।
उनले भने,‘हामीले अब एक वर्षभित्र ४१ औं वार्षिकोत्सव मनाउने उपलक्ष्यमा यो एक वर्षभित्र पशुपति क्षेत्रलाई आइटी वेस संस्था बनाऊ । त्यसको लागि पनि प्रण गरौं । त्यो नभई अब चल्ने अवस्था छैन् । हाम्रो प्रशासन व्यवस्थालाई चुस्त दुरुस्त बनाउन पनि हामी सबै प्रणालीलाई आइटी वेसमा लादैछौं । यो एक वर्षभित्र यो गर्ने छौं ।’
त्यस्तै उनले पशुपति क्षेत्रलाई भ्रष्टाचार मुक्त क्षेत्र बनाउने पनि जानकारी दिए । भगवान पशुपतिनाथलाई साक्षी राखेर भ्रष्टाचारको शुन्य सहनशिलता कायम गर्ने छौं भनेर सबैले प्रण गर्ने बेला आएको उनको भनाई छ ।
‘हामी यो प्रण गारौं कि हामी यो पशुपति क्षेत्रलाई भ्रष्टाचार मुक्त क्षेत्र बनाउने छौं । हामी भ्रष्टाचारको शुन्य सहनशिलता कायम गर्ने छौं । भगवान पशुपतिनाथलाई साक्षी राखेर भन्नुपर्ने बेला आएको छ,’उनले भने । कोषध्यक्ष सापकोटाले आज सिंगो नेपाल सरकारको सहयोग कोषलाई हुँदा पनि केही गर्न नसेक कहिल्यै गर्न नसकिने बताउँदै भने,‘आज हाम्रो पछाडी सिंगो नेपाल सरकार छ र आज यो अवस्थामा पनि हामीले केही गरेनौं भने ,केही गरेर देखाउन सकेनौैं भने झन् के हुन्छ ?’






