रुसी तेल खरिदमा अमेरिकाले लगाएको प्रतिबन्ध फुकुवा थप विस्तार

काठमाडौं ।अमेरिकी प्रशासनले समुद्रमा रहेका रुसी तेल तथा पेट्रोलियम पदार्थको कारोबारमा दिइएको अस्थायी छुट थप विस्तार गरेको छ।

अमेरिकी ट्रेजरी डिपार्टमेन्ट ले शुक्रबार जारी गरेको नयाँ इजाजतपत्रअनुसार निश्चित अवधिभित्र जहाजमा लोड गरिएका रुसी तेल तथा पेट्रोलियम उत्पादन खरिद–बिक्री गर्न अनुमति दिइएको छ।

यो निर्णय केही दिनअघि ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट ले यस्तो छुट नवीकरण नगर्ने संकेत दिएको दुई दिनपछि आएको हो। यसअघि अप्रिल ११ सम्मका लागि दिइएको छुटलाई थप लम्ब्याइएको हो।

विश्लेषकका अनुसार अमेरिका–इजरायल र इरानबीचको तनावले विश्व ऊर्जा आपूर्तिमा परेको दबाब कम गर्न यस्तो निर्णय गरिएको हो।

इरान ले प्रमुख जलमार्ग हर्मुज घाँटी मा आवतजावत कडाइ गरेपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित भएको छ।

यसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ भने अमेरिकी घरेलु बजारमा पनि इन्धन मूल्यमा वृद्धि देखिएको छ।

तर अमेरिकी निर्णयको आलोचना पनि भएको छ। केही सांसदले यो कदमले रुस लाई युक्रेनविरुद्धको युद्धका लागि आवश्यक राजस्व जुटाउन सहयोग पुग्ने भन्दै विरोध जनाएका छन्।

यसैबीच जि–७ देशका अर्थमन्त्रीहरूको बैठकपछि फ्रान्सले इरान संकटबाट रुसले फाइदा लिन नदिनुपर्नेमा जोड दिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *