शेयर बजारमा ३३ अंकको गिरावट, ९ अर्ब ३१ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ को विन्दुमा बन्द भएको छ ।

आज ३४२ कम्पनीको शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ५५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ५१ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिज लाइन इनर्जी र सूर्यकुण्डका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । होटल फरेष्ट, पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ९.४७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *