आगामी ५ वर्षमा गरिबी १० प्रतिशतमा झार्ने लक्ष्य

काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र मुलुकमा बहुआयामिक गरिबीको दर २०.२७ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने प्रतिबद्धता सार्वजनिक गरेको छ।

६ राजनीतिक दलहरूको घोषणापत्रका आधारमा तयार गरिएको राष्ट्रिय प्रतिबद्धतामा निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित तथा पूरक विकासको मोडल मार्फत आर्थिक तथा सामाजिक असमानता घटाइने उल्लेख छ।

सरकारले आगामी ५ वर्ष औसत आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गरी प्रतिव्यक्ति आय ३ हजार डलर तथा कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलर नजिक पुर्‍याइने प्रतिबद्धता पत्रमा भनिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *