काठमाडौँ । प्रतिनिधि सभामा अब प्रधानमन्त्रीसँग प्रश्नोत्तर महिनाको पहिलो हप्ता हुने भएको छ।
प्रतिनिधि सभा नियमावली समितिले सभामुख डिपी अर्याललाई बुझाएको प्रतिवेदनमा अब प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै दिन बैठकको पहिलो एक घण्टा निर्धारण हुने उल्लेख गरिएको छ।
तर उक्त दिन कुनै कारणले बैठक बस्न नसके त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण हुनेछ।
Artha Sanjal






