काठमाडौं। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा न्यूनतम समर्थन गहुँ र चैते धानको मूल्य निर्धारण भएको छ।
नयाँ सरकार गठन भए लगत्तै मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो।
चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल र ३ हजार ९ सय ४५ रुपैयाँ प्रतिक्विटल मूल्य निर्धारण गरिएको हो।
यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो। १८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ।
गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ ८ पैसा वृद्धि भएको हो।
गत आर्थिक गत वर्षमा गहुँको मूल्य ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्विन्टल र चैते धान २ हजार ८ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ। सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ।







