कपास उद्योगमा आगलागी, लाखौंको क्षति

भक्तपुर। सूर्यविनायक नगरपालिका–७ गुन्डु कर्मीटोलस्थित कटन कपास उद्योगमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।

विद्युत् चुहावटबाट बलराम उप्रेतीले सञ्चालन गरेको उद्योगमा आगलागी भएको बताइएको छ।

यसबाट कटिङ कपास मेसिन ६, चाइनिज कटिङ मेसिन एक, प्रेस मेसिन तीन, कम्प्रेसर मेसिन एक, स्टाटर सात, एमसीबी सात मेसिनरी सामग्री र तयारी सेतो एवं कालो कपाससँगै उद्योगको कच्चा पदार्थ जलेर क्षति भएको आगलागी नियन्त्रणमा खटिएका जुद्ध बारुणयन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले जानकारी दिए।

आगलागीको जानकारी पाउनेबित्तिकै चार दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतको टोलीले संयुक्त रूपमा तीन घन्टाको अथक प्रयासमा नियन्त्रणमा आएको कार्यालयका सूचना अधिकारी हिमाल घर्तीमगरले बताए।

आगलागीबाट ३० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी परिसरको भनाइ छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *