काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीकोअध्यक्षमा उदय कुमार निरौला अध्यक्ष नियुक्त भएका छन् । हिमालयन रिका तत्कालिन अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएपछि निरौलालाई कम्पनीको अध्यक्ष चयन गरिएको हो ।
गोल्छासँगै कम्पनीको सञ्चालक पद छाडेका साहिल अग्रवाल र रोहित गुप्ताको ठाउँमा पनि नयाँ सञ्चालक चयन भएका छन् । दिपेन्द्र कुमार मिश्र र पृथ्वी राज थापा सञ्चालक नियुक्त भएका छन् ।
चैत २६ गतेदेखि लागू हुने गरी आगामी वार्षिक साधारणसभा सम्मका लागि नयाँ सञ्चालकहरूको मनोनयन स्वीकृत गरेको कम्पनी सचिव सन्तोष केसीले बताएका छन्।
साथै, सञ्चालक समितिको अध्यक्ष पदमा नव–नियुक्त सञ्चालक उदय कुमार निरौलालाई पनि चैत २५ गतेबाटै लागू हुने गरी नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।
Artha Sanjal






