अडलट कारोबार नगर्न नेप्सेको निर्देशन

नेप्सेले अडलट कारोबार नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई निर्देशन दिएको छ । धितोपत्र कारोबार सम्बन्धमा बनेको कानूनी व्यवस्थाको प्रावधान विपरीत सदस्य दलाल व्यवसायीको टिएमएस प्रणालीबाट अनलाइन तथा अफलाइनमार्फत समेत अडलट कारोबार नगर्न नगराउन नेप्सेले  निर्देशन दिएको हो ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम(५) को उपविनियम (१)मा कारोबार हुने धितोपत्र सेयर वा सामूहिक लगानी प्रयोजनको ईकाई भएमा अंकित मूल्य रु। १० भएमा १०० कित्ता र अंकित मूल्य रु। १०० भएमा १० कित्ता कारोबार इकाई हुने यवस्था रहेको छ ।

सोही विनियमको उपविनियम (२) मा भएको व्यवस्था बमोजिम धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य रु. १० भएमा १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य रु. १००० भएमा १ कित्ता कारोबार इकाई हुने उल्लेख छ । सोही विनियमको उपविनियम९३० बमोजिम उपविनियम (१) र (२) मा उल्लिखित कारोबार इकाईभन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *