काठमाडौँ — बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत १५) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता शेयर निष्काशन अनुमति पाएकोमध्ये १० लाख ४० हजार कित्ता स्थानीय बासिन्दाका लागि छुट्याएको हो।
यसमध्ये अति प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका–२, ३ र ४ का बासिन्दाका लागि ५ लाख २० हजार कित्ता, वडा ५, ६, ७ र ११ का लागि ३ लाख १२ हजार कित्ता तथा अन्य क्षेत्रका लागि २ लाख ८ हजार कित्ता छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ दिएको छ, जसले औसत जोखिम जनाउँछ।
कम्पनीले १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ, जसको कुल लागत ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।






