काठमाडौं: स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि चैत ९ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज चैत १२ गते अन्ति दिन रहेको छ।
कम्पनीले ९३ लाख ७५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९३ हजार ७५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले सञ्चालन गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको छ।
सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष २ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.७७ वर्ष रहेको छ।
Artha Sanjal






