काठमाडौं। आज शपथ लिँदै गरेका नयाँ प्रधानमन्त्री बालेन्द्र शाह बालेनले वास्तुशात्रअनुसार प्रधानमन्त्री कक्ष (कार्यालय)को आसन मिलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बालेनले आफ्नो कार्यकक्ष र मन्त्रिपरिषद् बैठकको आसन वास्तु अनुसार मिलाएका हुन्।
सहसचिव प्रदीप परियारसहित ३ जनाको टोलीले प्रधानमन्त्री कार्यालयमा वास्तुअनुसार आसन कक्ष मिलाएको प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बताए।
सहसचिव परियारले बालेन काठमाडौंका मेयर हुँदा कार्यकारी प्रमुख भएर केही समय काम गरेका थिए। वास्तुविज्ञले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द कार्कीलाई तीन वटा कुरा मिलाउन निर्देशन दिएका थिए।
‘मन्त्रिपरिषद् बैठक हल, प्रधानमन्त्री कूटनीतिज्ञसँग भेट्ने कक्ष र प्रधानमन्त्री बस्ने कुर्सी बदलिएका हुन्।
क्याबिनेटमा पहिले प्रधानमन्त्रीको आसन पूर्व दिशा फर्किएको थियो भने अहिले उत्तर दिशा फर्काइएको छ। प्रधानमन्त्री कार्यालयमा राखिएको झण्डा पनि फेरिएको छ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द कार्कीले बिहीबार नै प्रधानमन्त्रीको कार्यकक्षको निरीक्षण गरेका थिए। प्रधानमन्त्री कार्यालयमा नयाँ सोफा ल्याइएको छ।






